काठमाडौं, १५ चैत । काठमाडौँको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
राजावादी प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको पछुवा गाडी बानेश्वरतर्फ अघि बढेपछि तनाव सिर्जना भएको हो । गाडीभरि प्रदर्शनकारी बसेका थिए ।
उनीहरूले प्रहरीलाई ढुंगा हान्दै अगाडि बढाएको गाडीले प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेको थियो । त्यसपछि प्रहरीले अश्रुग्यास, लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको थियो ।
त्यतिबेलादेखि सुरु भएको तनाव अझै जारी छ । अहिले पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरिरहेको छ ।














