काठमाडौं, १५ चैत । काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
चार दल सामेल रहेको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ ।
मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै जनाईएको छ । भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ । यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ ।
राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन आव्हान गरेको छ ।














