काठमाडौं, १३ चैत । आज विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए ।
उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए ।














