जनकपुर, १२ चैत । सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको छ ।
मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुका अनुसार गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको छ ।
बाखुका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए ।
शव सडेको अवस्थामा फेला परेको छ । उनले भने, त्यसकारण शव कस्को हो भन्ने पहिचन गर्न कठिन छ, । शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गर्दैछौं ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् ।
उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।














