जनकपुर, १० चैत । जनकपुरमा एइई परीक्षाको आइतवार तेस्रो दिन पनि गणित विषयको प्रश्नपत्र आउट भएका छन् ।
परीक्षा सुरु भएको १० मिनेट नबित्दै गणित विषयको प्रश्नपत्र आउट भएको छ । यो प्रश्नपत्र धनुषाको एक परीक्षाकेन्द्रबाट आउट भएको हो ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षले मोटो रकम लिएर मोबाईल छिराउन दिएपछि प्रश्नपत्र लगातार बाहिरिएको अभिभावकहरु बताएका छन् । अँग्रेजी, नेपालीको प्रश्नपत्र परीक्षा सुरु भए लगत्तै आउट भएको थियो ।
यो प्रश्नपत्र पूर्वी धनुषाको एक परीक्षा केन्द्रबाट आउट भएको हो । प्रश्न पत्र औरही गाउँपालिकाको एक परीक्षा केन्द्रबाट आउट भएको हो ।














