जनकपुर, ९ चैत । शनिबार जनकपुरधाममा आयोजित चुरे तथा वनजंगल संरक्षण अभियानको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे मधेशको मात्रै नभएर मुलुककै प्राण भएकोले यसप्रति गम्भीर हुन आग्रह गरेका हुन् ।
उनले चुरे संरक्षणका लागि संघदेखि प्रदेशसम्मले बनाईदै आएको योजना अधुरा रहेको बताउँदै यसका लागि इमान्दार हुनु आवश्यक रहेको बताए ।
उनले भने, ‘पानीको अभावविना चुरे नाशिदै गएको र यसको रिचार्जका लािग चुरे टाँसिएको नदिहरुलाई स्टोरेज गर्नुपर्ने आवश्यकता रहेको छ । स्टोरेजले माटोमा पनि फरक पार्ने भएकोले भुक्षयको समस्यापनि समाप्ता पार्नेछ र यसबाट वाटर लेभल पनि बढ्ने छ ।
कार्यक्रममा चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले चुरे संरक्षणका लागि विगत सात वर्षदेखि आफु आन्दोलनरत रहँदापनि यसको संरक्षणका लािग संघीय सरकारदेखि प्रदेश सरकारसम्म कोहि इमान्दार नरहेको आरोप लगाए ।
उनले भने, ‘सबैले चुरे संरक्षणका लागि भाषण ठुला ठुला दिएपनि काम गर्नेबेलामा इमान्दारीता देखाउदैन । सबैलाई थाहा छ चुरे विनाशले मधेश विनाश हुनेछ ।
तर, पनि सबै भ्रष्टाचारमा लिप्त छन् । उनले भुमिहिनलाई भुमि बाडँने नाममा माफियाहरुलाई वितरण गरिएको तर वास्तविक भुमिहिनहरु अहिले पनि भुमि पाउन नसकेकोले गम्भीर नभएसम्म कसैले केहि गर्न नसक्ने बताए ।
https://www.facebook.com/kpkhabar02/videos/2329360784106455














