काठमाडौं, ७ चैत । काठमाडौं महानगरपालिका–११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।