काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटकपटक सम्पर्कको प्रयास गर्दा पनि नभएको गुनासो गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिनेक्रममा ओलीले शान्तिप्रक्रियाका कामहरू यथाशक्य टुंग्याउने विषयमा छलफल गर्न प्रचण्डसँग सम्पर्कका लागि प्रयास गरिरहेको बताएका छन् ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ । मैले पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको भन्ने बुझेको छु ।