जनकपुरधाम, ६ चैत । मधेश प्रदेशका नेकपा एमाले सांसद दीपेन्द्र ठाकुरले उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरुले खुलेयाम घुस माग्ने गरेको आरोप लगाएका छन् ।
लामो समयपछि बुधबार बसेको प्रदेशसभा बैठकमा उनले माननीयहरुबाटै वडाध्यक्षहरुले घुस माग्ने गरेको आरोप लगाएका छन । सांसद ठाकुरले ‘उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरु माननीयहरुसँग घुस मागिरहेका छन् ।
वडाध्यक्षहरु सिना तानेर दुईदेखि पाँच प्रतिशत घुस माग्छन् ।’ उनले माननीयज्यूहरु लडाइँ, झगडा र मरिहत्ते गरेर क्षेत्रमा बजेट लग्ने गरेको र उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरुलाई घुस दिन बाध्य भएको बताएका छन ।
सांसद ठाकुरले वडाध्यक्षहरुले सिना तानेर घुस मागिरहेको कुरा सभामुखमार्फत सरकारको ध्यानाकघर्षण गराउँदै यसको विकल्प खोज्न पनि माग गरेका छन् ।














