जनकपुर, २९ फागुन । जनकपुरमा मिथिलानी महिलाहरुको एक समुहले बुधवार सखीबहिनपा टिमको आयोजनामा होली उत्सव मनाएका छन्।
होटेल सिता प्यालेशमा आयोजित यस उत्सवमा महिलाहरुको हर्षोल्लासपूर्ण सहभागिता देखियो । सखीबहिनपा समुहकी सदस्य भारती चौधरीले बताउँदै भने, “हामी हरेक वर्ष यो उत्सव मनाउँदै आएका छौँ ।
यो हाम्रो परम्परालाई जिवित राख्नको लागि मात्र होइन, सामाजिक मिलन र सहकार्यलाई प्रोत्साहित गर्ने एउटा सुन्दर अवसर हो ।
यस वर्षको होली उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो, जसले उपस्थित सबैलाई रमाइलो र सन्देशमूलक अनुभव प्रदान गरेका थिए ।














