जनकपुरधाम, २७ फागुन । चैत ७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेको छ ।
शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिनेछन्।
सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले एसईईमा सहभागीता जनाउने उनले जानकारी दिएका छन । चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइने उनले बताए । यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।