काठमाडौं, २७फागुन । काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ परेको छ ।
गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार पक्राउ गरेको छ ।














