काठमान्डौँ, २५ फागुन । गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।
आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदामघर हस्तान्तरण गरेका छन । गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण पनि संघीयता कार्यान्वयनको एक पाइला भएको बताएका छन । आवश्यक परेको खण्डमा गोदामघरका सामग्री प्रदेशले प्रयोग गर्न सक्ने बताए ।