महोत्तरी, २३ फागुन । महोत्तरी र सिराहामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
महोत्तरी, पिपरा गाउँपालिका–६ रतौलीस्थित शिव इँटा उद्योगमा काम गनेभारतको साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको पोखरीमा डुबेरमा मृत्यु भएको हो ।
सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सिराहाको लहान नगरपालिका–१० स्थित प्राविधिक शिक्षालयको ग्राउण्डभित्र रहेको पोखरीमा डुबेर अर्की एक बालिकाको मृत्यु भएको छ ।