काठमाडौ, २० फागुनं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ । ललिता निवास प्रकरणका ११० जना आरोपित विरुद्ध नै अख्तियार सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले अरु ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर पुनरावेदन दर्ता गरेको हो ।














