ललितपुर, २० फागुन । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ ।
बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन । पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ । करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको छ ।
‘त्यहाँ माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको रहेछ,’ एसएसपी अधिकारीले भनेका छन । भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ ।