जनकपुर, २० फागुन । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् ।
सदस्य नरेश यादव मंगलवार बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका छन् ।
बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।
शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














