जनकपुर, १९ फागुन । धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठलाई नगर प्रमुख बेचन दासले सोमबार आयोजित स्वागत कार्यक्रममा भव्य स्वागत गरेका छन् ।
यस अवसरमा नगर प्रमुख दासले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सबैको समन्वय र सहयोगको महत्त्वमा जोड दिएका छन् ।
स्वागत समारोह विदेहनगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य लखन दासको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिले नगरपालिकाको विकासका लागि प्रशासकिय अधिकृत श्रेष्ठको सक्रिय सहयोगको अपेक्षा व्यक्त गरेका थिए । सांसद दासले आफ्ना विचार राख्दै भने, “नगरपालिकाको विकासका लागि सबैको सशक्त सहभागिता आवश्यक छ, र प्रशासकिय अधिकृत श्रेष्ठसँगको समन्वयले यसमा ठूलो भूमिका खेल्नेछ ।
कार्यक्रममा विदेह नगरपालिकाका सबै वाडाका वाडाध्यक्ष र पालिकाका कर्मचारीहरूको उपस्थिती रहेको थियो । यस अवसरमा नगर प्रमुख दासले समग्र नगरपालिकाको विकासका लागि सबै जनसमुदायको एकतामा विश्वास व्यक्त गरेका थिए ।
साथै, प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले यस नगरपालिकामा कार्यरत विभिन्न योजनाहरूको सफलता र निरंतरता सुनिश्चित गर्नका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।














