काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघात भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।
पूर्वयुवराज शाहलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बेलुका भर्ना भएका थिए भने उपचारमा संलग्न एक चिकित्सकका अनुसार आइतबार नै उनको एनजीओप्लास्ट गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो ।