काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपनेबताएका छन् ।
सोमबार कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रुपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका छन ।
सभापति देउवाले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने बताए । सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।














