राजविराज, १९ फागुन । राजविराज मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ ।
जिल्लराजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताएको हो ।
उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ । गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ ।
कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो । गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताएको छ ।
सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा छापा मारेको हो ।














