काठमाडौं, १८ फागुन । सोलुखुम्बु लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएका छन् ।
विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको गाउँपालिकाकी कार्यालय मीना कार्कीले जानकारी दियोे । ’हावाहुरीले धेरै दिनदेखि बिजुली थिएन । आइतवार एक्कासी बत्ति आयो सर्ट भएर आगो लागेछ ।
आगोले त्यहाँ भएको सिलिन्डर पनि पड्कियो,’ उनले भनिन्, ’यो गाउँपालिकाको भाडाको कार्यालय हो । सबै ध्वस्त भएको छ ।’ उनका अनुसार गाउँपालिकाको भाडाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थियो ।
’यो भाडाको घर भएकोले यहाँ हाम्रो पालिकाको दुईवटा कार्यालय थिए,’ उनले भनिन्, ’यहीँ नजिकै विद्यालय पनि छ । सोही विद्यालयका शिक्षक पनि बस्नुहुन्थ्यो एउटा कोठामा ।
उहाँको कोठाको सिलिन्डर पड्कियो । घर नै उँड्यो ।’