काठमाडौं, १६ फागुन । पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा पाँचजनाको मृत्यु भएका छन् ।
२० भन्दा बढी घाइते भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो ।
शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए । पाकिस्तानी सञ्चारसंस्थाहरूले जानकारी अनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् ।
मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्प्mोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ ।
विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेको छ । एसोसिएटेड प्रेसका अनुसार अफगान तालिबानसँगको सम्बन्धका लागि चिनिने हक्कनियामा भएको आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन ।
बम विष्फोट मुस्लिम पवित्र महिना रमजानको अगाडि भएको छ ।














