जनकपुर, ८ फागुन । फिजिसियन चिकित्सकहरुको संगठन सिमोनको छौठो राष्ट्रिय सम्मेलन शुक्रबार देखि जनकपुरमा हुदैंछ ।
सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव तथा स्थानीय आयोजन समितिका सचिव रमण मिश्रले जानकारी दिए अनुसार सिमोनको आयोजना तथा मधेश प्रदेश च्याप्टरको स्थानीय आयोजनामा जनकपुरको यात्री निवासमा शुक्रबार देखि शनिवार सम्म दुई दिने सम्म चल्ने छ ।
दुई दिन सम्म चल्ने सम्मेलनमा देश भरका विशेषज्ञ फिजिसियन चिकित्सकहरु सहभागि हुने र विभिन्न ५० वटा लेक्चर तथा १५ वटा सोधपत्र प्रस्तुत हुने सचिव मिश्रले बताए ।
उनले चिकित्सकहरुको ज्ञान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालको विभन्नि भागमा यो सम्मेलनको आयोजना हुँदै आएको र यस पटक जनकपुरमा हुन गईरहेको बताए ।
देश भरकै चिकित्सकहरुले बनाएको शोधपत्र र नयाँ रिसर्चले चिकित्सकहरुको ज्ञान क्षमता अभिवृद्धि हुने विश्वासका साथ यो सम्मेलन आयोजना हुँदै आएको उनले बताए ।














