जनकपुर, ७ फागुन । भारत ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछिको त्यहाँका अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।
प्रकृतिको मृत्युपछिको त्यहाँ बसेर पढ्दै गरेका ७५ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल नेपाल फर्किएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबार दिउँसो ३ बजेसम्म ७५ जना नेपाली विद्यार्थी नेपाल प्रवेश गरेको छ ।
नेपाल फर्किनेमा मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँका ३, सिराहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ छन् । शङ्कास्पद अवस्थामा मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो । नेपाल फर्केका विद्यार्थीको बारेमा सीमा नाकामा उनीहरूको रेकर्ड राखिएको उनले जानकारी दिए ।
नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका थिए । नेपाल फर्किएका विद्यार्थीलाई आ– आफ्नो घरतर्फ पठाउन सहजीकरण गरिएको यादवले बताए ।
नेपाल विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सहजीकरण गरेका छन् ।