KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अवैध अस्पतालविरुद्ध मुख्यमन्त्री सिँहको अनुगमन तीव्र

अवैध अस्पतालविरुद्ध मुख्यमन्त्री सिँहको अनुगमन तीव्र

जनकपुर, २६ माघ । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्देशन दिएका छन् ।

शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिँहले बहुसँख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिँहले शनिबार अनुगमन गरेका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालि, सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालिमा छन् ।

मुख्यमन्त्री सिँहले अनाधिकृत तवरले खेलिएका ती अस्पताल र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पुरा गरेको अवस्थामा नदेखिएका अस्पताललाई अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन सञ्चालकहरूलाई भनेका छन् ।

उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् । अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् ।

आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौँ ।’ मुख्यमन्त्री सिँहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए । मुख्यमन्त्री सिँहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको सँख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर र भौैतिक संरचनाबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्रीको अनुगमन टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए ।

अनुगमन टोलीका सदस्य एवम् जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एक्सरे, प्रसूतिकक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रिया लगायत विषयमा अनुगमन गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले अनुगमन भएका मध्ये केही अस्पतालसँग अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भए पनि अस्पताल सेवा सञ्चालन स्वीकृति नलिएका, जस्वास्थ्य नियमावलीले तोकिएका मापदण्डअनुसार अधिकांश अस्पतालमा भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाटै अस्पताल फार्मेसी सञ्चालन भएका, धेरैजसो अस्पतालमा एकाधबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी नभेटिएका देखिएको जानकारी मुख्यमन्त्री सिँहलाई उद्यृत गर्दै दिए ।

यसअघि मुख्यमन्त्री सिँहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी अस्पताल सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएका थिए । शनिबार अस्पताल सञ्चालकले आफै मुस्कान अस्पताललाई बन्द गरेका छन् ।

Facebook Comment

Related Posts

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar