एजेन्सी, २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गर्ने भएको छ ।
निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ । आम आदमी पार्टी (आप) ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ ।
उसले कुल २२ सिट प्राप्त गर्ने छ । उता आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन् । सत्येन्द्र जैनले पनि चुनाव हारेका छन भने केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगे ।
दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुग्नेछन् र कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन् । केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीका जनताले बारम्बार झूटा वाचा गरेर जनतालाई भ्रमित गर्न सकिँदैन भनेर देखाएको बतएका छन् ।
शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा लेखेका छन्, ‘जनताले फोहोर यमुना, फोहोर पिउने पानी, भत्किएका सडकहरू, भरिएर बग्ने ढल र हरेक सडकमा खुलेका मदिरा पसलहरूलाई आफ्नो मतले प्रतिक्रिया दिएका छन ।