जनकपुर, २३ माघ । संसदीय पत्रकार समाज जनकपुरको नयाँ कार्यसमिति गठन भएको छ ।
यस कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षमा पदमा चयन गरिएको छ भने, हद्दिश खुद्दार उपाध्यक्ष, विकास साह सचिव, र कमलेश ठाकुर सह–सचिव पदमा नियुक्त भएका छन् ।
कोषाध्यक्षको रूपमा लक्ष्मी चौधरी चयन भएको छ । समाजका नयाँ सदस्यहरूमा नवीन सिंह, राजा झा, माला राय, चान्दनी झा, सञ्जय साह र सञ्जय यादव रहेका छन् ।
सल्लाहकार समितिमा भने मोनिका झा, अजित तिवारी, श्रीनारायण साह, धीरेन्द्रप्रसाद साह, अजय झा, सुरेश यादव, र पुरण साहको नाम समावेश गरिएको छ ।