काठमाडौं, २३ माघ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएका छन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको हो । पुजाको अर्धशतकमा नेपालद्वारा नेदरल्याण्ड्सलाई बलियो लक्ष्य दियो । नेपालका लागि पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाएको हो ।
यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो । कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।
चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएको हो । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थियो ।