काठमाडौं, २२ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी २२ देखि अमेरिकाको दुई दिने भ्रमणमा जाने तयारीमा छन् ।
इकोनोमिक टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न उनी अमेरिका भ्रमणको तयारीमा जुटेका हुन् । मोदीले आफ्नो दुई दिने पेरिस भ्रमण समाप्त गरेपछि वासिङ्टन डीसी यात्रा गर्नेछन् ।
यो भ्रमण राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको मोदीको पहिलो द्विपक्षीय अमेरिका भ्रमण हुनेछ । २७ जनवरीमा दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।
टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।
मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुटता देखाएको छ ।
रोयटर्सका अनुसार अमेरिकी उत्पादनहरूमा भारतको उच्च शुल्कलाई उद्धृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक छ ।