काठमाडांैं, २२ माघ । बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुगेकी छन् । करिब एक साताको निजी भ्रमणका लागि उनी आज बिहान काठमाडौं आइपुगेकी हुन् ।
राजकुमार एडवार्ड पनि आजै काठमाडौं आइपुग्ने तयारीमा छ । यहीँ आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबाट) र सोफिया (लन्डनबाट) फरक–फरक जहाजमा काठमाडौं अवतरण गर्ने तयारी थियो । जस अनुसार सोफिया अवतरण गरिसकेकी छन् भने एडवार्ड दिल्लीबाट आउँदै छन ।
एडवार्ड नयाँदिल्लीबाट काठमाडौं उत्रेलगत्तै मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता तय भएको हो । सोफिया पनि श्रीमान् एडवार्डको कार्यक्रममा सहभागी हुने कूटनीतिक स्रोतले बताएको हो ।