काठमार्डौ, २० माघ । पोखरामा मंगलबारदेखि सुरु हुने २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो । कार्यक्रममा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरेको छ । प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्ने छ । १२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् ।
साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दै छन् । मनाङ ७ पटकको उपाधि विजेता टोली हो । प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नु हु्न्छ । प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको हो ।
सेमिफाइनलमा साधारणतर्फ दुईसय र भीआईपीतर्फ चारसय रुपैयाँ लगाएको हो । फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिएको हो ।
प्रतियोगिताबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका लागि खर्च गरिने आयोजकले जनाएको छ । प्रतियोगिता माघ २२ देखि फागुन ३ गतेसम्म सुरु हुन्छ ।