एजेन्शी, प्यालेस्टाइन समूह हमासले थप तीन जना बन्धकको रिहाइ गरेको छ ।
शनिबार बन्धकमुक्त हुनेहरू तीनै जना इजराइलका पुरूष हुन् । यो साता हमासले दोस्रो पटक बन्धक रिहा गरेको छ । हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिएको थियो ।
टाइम्स अफ इजराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस रहेको छ । सेइगल अमेरिकी मूलका इसराइली हुन् ।
२०२३ को अक्टोबर ७ मा उनलाई किब्बुज काफर अजाबाट हमासले बन्धक बनाएर गजा पु¥याएको थियो । त्यतिबेला उनकी श्रीमती अविवालाई पनि हमासले बन्धक बनाएको थियो । अविवा नोभेम्बरको युद्धविराममा बन्धकमुक्त भइसकेकी छन् ।