काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने अनुदान यसपटक यथावत् राखेको छ ।
भारतीय संसद्मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतको बजेट २०२५÷२०२६ सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन् । सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड भारु दिने उल्लेख छ ।
भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो भने आर्थिक वर्ष २०२३÷०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो ।
त्यसमा वृद्धि गरी २०२४÷०२५ मा ७०० करोड (भारु) पु¥याइएको थियो र त्यसलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ ।
अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने यस पटक सय करोड भारु छुट्टाएको छ । भारतले बङ्गलादेश र श्रीलङ्काको बजेट पनि यथावत् राखेको छ ।
बङ्गलादेशका लागि १२० र श्रीलङ्काका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ । मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पु¥याइएको छ ।