एजेन्सी । पाकिस्तानको क्वेटा सहरमा टिकटक भिडिओ बनाएको रिसमा एक व्यक्तिले आफ्नी छोरीको गोली हानी हत्या गरेका छन् ।
हालै अमेरिकाबाट आफ्नो परिवारलाई पाकिस्तान फर्काएका अनवर उल–हक नामका व्यक्तिले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छोरीको टिकटक भिडिओ मन नपरेका कारण उनले हत्या गरेका हुन् । अमेरिकी नागरिकता लिएका ती व्यक्तिले आफ्नी छोरीको टिकटक पोस्ट ‘आपत्तिजनक’ पाएको बताएका छन् ।
प्रहरीले सबै कोणबाट घटना अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।