काठमाडौै, १७ माघ । अमेरिकामा सेनाको हेलिप्कटरसँग ठोकिएर नदीमा खसेको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा भेटिएको हो ।
सीएनएनका अनुसार रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा विमान टुक्राटुक्रा अवस्थामा देखिएको हो । अहिलेसम्म कोही पनि जीवित फेला नपरेको बताएको छ । हेलिकप्टर पनि पानीनजिकै खसेको जनाएको छ ।
सेनाको हेलिकप्टरमा ३ जना रहेको बताइएको छ । तर दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन । थप जानकारीका लागि अनु्न्सान भइरहेको छ ।