काठमाडौं, १६ माघ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौडमा १५ जनाको मृत्यु भएको छ ।
भागदौडपछि घाटहरूमा घेराबन्दी गरिएको छ । गंगामा पवित्र स्थान गर्न हजारौँ मानिस जम्मा भएको बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको खुलासा भएको छईन । तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक–फरक लेखिरहेका छ ।
भारतीय सञ्चारमाध्यमहरूले कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ । घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएको थिए । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । घटनामा थप जानकारी आउन बाकी रहेको हो ।