जनकपुर, १४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षामा सुधार गर्नको लागि विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा प्रधानाध्यापक संघ नेपालको आयोजना र कृष्णा फाउण्डेसनको सहयोगमा गरेको शिक्षा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले देशको शिक्षा सुधारका लागि विद्यालयहरुबाट विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरीय खस्किरहेको बताए ।
विद्यालय व्वस्थापन समितिकै कारण आसेपासेलाई, नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको र राम्रो शिक्षकको विद्यालयहरुमा भर्ती हुन नदिने लगाइतका क्रियाकलापहरु भैरहेको मुख्यमन्त्री सिंहले बताए ।मुख्यमन्त्री सिंहले विकसित मुलुकहरुमा शिक्षकहरुको उच्च सम्मान हुन्छ तर हाम्रो जस्तो देशमा त्यस्तो अवस्था छैन ।
उनले भने ‘शिक्षकहरुलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथी किन नराख्ने ?’ मुलुकको शिक्षा सुधार्नकालालिग विद्यालय तहबाटै शिक्षाको अवस्था मजबुत बनाउनु आवश्यक रहेकाले त्यस तर्फ ध्यान पुर्याउन संघ तथा स्थानीय सरकारलाई मुख्यमन्त्री सिंहले आग्रह गरे ।