एजेन्शी, महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा शुक्रबार बिहान विस्फोट भएको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । विस्फोटको कारण पत्ता लागेको छैन भने विस्फोटको आवाज ५ किलोमिटर टाढासम्म सुनिएको थियो ।भारतीय पत्रिका दैनिक भास्करका अनुसार भण्डाराका कलेक्टर संजय कोल्टेले बिहान करिब १०ः३० बजे विस्फोट भएको बताए ।
विस्फोटका कारण छाना भत्किएको छ, जुन जेसीबीको सहयोगमा हटाउने काम भइरहेको जनाइएको छ र त्यसको मुनि १२ जना पुरिएको आशंका छ भने २ जनालाई बाहिर निकालिएको हो ।
यद्यपि, समाचार एजेन्सी पीटीआईले १३÷१४ जनालाई उद्धार गरिएको जनाएको छ । आधिकारिक स्रोतका अनुसार जवाहर नगर क्षेत्रमा रहेको कारखानाको एलटीपी (दीर्घकालीन योजना) खण्डमा विस्फोट भएको थिया े।विस्फोटको समयमा उक्त खण्डमा १४ जना कामदार काम गरिरहेका थिए, जसमध्ये तीन जनालाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले दुर्घटनामा १३–१४ जना भत्किएको छतमुनि फसेको जानकारी आएको बताएका छन । एक जनाको मृत्यु भएको छ भने ५ जनालाई उद्धार गरिएको छ