धनगढी, ८ माघ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा समूह बी अन्तर्गतको आज भएको पहिलो खेलमा आर्मीले कोशीलाई नौ विकेटले पराजित गरेको हो । खराब मौसमका कारण घटाएर सात ओभरमा झारिएको खेलमा आर्मीले टस जितेर कोशीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
कोशीले सात ओभर खेल्दै पाँच विकेटको नोक्सानमा ३६ रनमात्रै बनाउन सक्यो ।
कोशीका लागि स्मृति कटुवालले सर्वाधिक १४ रनको योगदान दिनुभयो। कोशीलाई कम रनमा रोक्ने क्रममा आर्मीका मनिषा चौधरीले तीन विकेट लिनुभयो ।