काठमाडौं, ४ माघ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दैई अएको छ ।
सुन आज शुक्रवार पनि तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा एक हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक हजार ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।