काठमाडौँ, २८ पुस । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
आर्मीको पहिलो पहिलो जित हो भने आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो ।
आर्मीका लागि तृतराज दासले ११ तथा इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाएको थियोे । बलिङमा मधेशका प्रदीप पासवानले दुई विकेट लिनुएका थिए ।
आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा दुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।