काठमाडौं, २६ पौंस । सरकारले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन ।
चालु वर्षमा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ । पुस महिनामा सबैभन्दा बढी राजस्व संकलन हुने गरीर्छ ।
’सबैभन्दा बढी राजस्व पुस महिनामा उठ्छ, यो महिना हामीले अपेक्षाअनुसारको राजस्व उठाउन सक्यौ भने वार्षिक लक्ष्य नजिक पुगिने छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
पुस महिनामा मात्रै एक खर्ब ७८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ ।
पुस महिनामा डेढ खर्बको राजस्व संकलन गर्नको लागि अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई एक खर्ब ३ अर्ब ७५ करोड रूपैयाँको लक्ष्य बनाको छ । भन्सार विभागलाई ४६ अर्ब ३४ करोड रूपैयाँको लक्ष्य दिएको छ ।
यो एक महिनामा गैर कर राजस्व भने २७ अर्ब ५९ करोड रूपैयाँ सकंलन हुने लक्ष्य राखिएका बताएको छ । समग्रमा छ महिनाको अवधिमा भने ६ खर्ब ७२ अर्ब रूपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको छ । अहिलेसम्म भने ४ खर्ब ८३ अर्ब रूपैयाँ मात्रै संकलन भएको हो ।
पुस १ गतेदेखि २५ गतेसम्म लक्ष्यको ४७ प्रतिशतमात्रै (८४ अर्ब रूपैयाँ) राजस्व उठेको छ। २४ दिनको अवधिमा आन्तरिक राजस्व विभागले ४० अर्ब रूपैयाँ र भन्सार विभागले ३४ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ ।