काठमाडौँ, २३ पौस । चिनको सिगात्से सहरमा मंगलबार (७ जनवरी २०२५) गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार एजेन्सीले जनाएको छ ।
भूकम्पमा ६२ जना घाइते भएको छ । भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ । क्षतिको विवरण संकलन जारी छ ।
उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँसहित उत्तर भारतमा समेत महसुस गरिएको थियो ।