काठमाडौं, १४ पौस । नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सुरु भएको फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी भएको हो । प्रतियोगिता भोलिसम्म संचालन भएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २० टोली सहभागी भएकोे हो ।
प्रतियोगितामा चीनको ८, सिंगापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएको हो । प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई ५ हजार अमेरिकी डलर, उपविजेतालाई २ हजार डलर र तृतीय हुने टोलीलाई १ हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिएको हो ।














