धनगढी, १२ पुस । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताए ।