काठमाडौँ, १२ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज शुक्रबार शोक वक्तव्य निकाल्दै प्रचण्डले आफू पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री हुँदा सिंहले न्यानो आतिथ्यता दिएको समेत स्मरण गरेका छन् ।
पहिलोपटक भारत भ्रमणको क्रममा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल भएको, विश्वव्यापी मुद्दाहरु, क्षेत्रीय राजनीति सम्बन्धमा भएका वार्ताहरु सम्झिरने प्रचण्डले उल्लेख गरेका छन् ।
उहाँको बुद्धि, दृष्टि, र हाम्रा राष्ट्रहरू बीच बलियो सम्बन्ध बढाउनको लागि समर्पण सधैं सम्झिरहनेछ।’ सिंहप्रति हार्दिक श्रद्धाञ्जली दिँदै उलने परिवार, भारतका जनता र भारत सरकारप्रति गहिरो समवेदना दिएका छन् ।