काठमाडौँ, ११ पौस । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।