काठमाडौं, १० पौस । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
जसले गर्दा बुधवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी मधेश प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा देखिएको छ । यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको हो ।
तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागेको हो छ । पहाडी क्षेत्रमा भने सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना देखिएको हो । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना भएको हो ।