काठमाडौं, ८ पौस । काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महर्जन २०७९ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनी सो सहकारीका कोषाध्यक्ष हुन् ।